मेलबर्न । अष्ट्रेलिया सरकारले भिसामा नयाँ परिवर्तन ल्याउन लागेको कुरा सार्वजनिक भएको छ। बहुसांस्कृतिक मन्त्री एलन टजले रिजनल स्किल भिसामा परिवर्तन ल्याउन लागिएको बताएका हुन् ।

रिजनल भिसामा काम गर्न जानेहरु सुरुमा ग्रामिण भेगमै काम गर्छन् । तर स्थायी बसोवासको अनुमति पाउनासाथ उनीहरु शहरी क्षेत्रतिर बसाइ सर्छन् ।

यसो गर्दा अष्ट्रेलियाको ग्रामिण भेगमा संचालन भइरहेका उद्ध्योग तथा संघ संस्थाले गुनासो पोखिरहेका छन् । आफूले काममा ल्याएका व्यक्तिहरु बीच-बीचमै छोडेर हिंड्ने र फेरी नयाँ मान्छेलाई स्वागत गर्नुपर्दा उनीहरुले घाटा व्यहोरिरहेको बताइएको छ ।

यस्तो स्थितिले ग्रामिण भेगमा अपेक्षित समृद्धि ल्याउन नसकिने हुनाले अब भिसामा कडाइ गरिने भएको छ । मन्त्री टजका अनुसार, अब रिजनल स्किल भिसा लिनेहरुलाई स्थायी अनुमती पाएपनि ग्रामिण भेगमै बस्नुपर्ने नियम ल्याउने तयारि भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments