मेलबर्न । अष्ट्रेलियामा नेपाल लगायत अन्य देशबाट आउने विद्यार्थीहरुको संख्या बढिरहेको छ। विकासशील मात्र नभएर विकसित देशबाट पनि विद्यार्थीहरु पढ्नको लागि अष्ट्रेलिया आउने गर्छन्। यी कुराहरुले विद्यार्थीलाई अष्ट्रेलियाले आकर्षण गरिरहेको छ ।

१. आत्मविश्वासमा वृद्धि र आत्मनिर्भरता

अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष भनेको कामलाई सम्मान गर्नु र विद्यार्थीहरुका लागि काम गर्न पर्याप्त समय दिइनु हो । अष्ट्रेलिया आएपछि विद्यार्थीहरु कामलाई सम्मान गर्न सिक्छन्, त्यही अनुसार समय व्यस्थापन गर्छन् । यसले उनीहरुलाई आत्मनिर्भर त बनाउँछ नै, संगै उनीहरुमा आत्मविश्वास पनि बढ्दै जान्छ।

२. शिक्षा

अष्ट्रेलियामा पढाइको लागि धेरै विकल्प हुन्छन् , जसले गर्दा विद्यार्थीले आफ्नो रोजाईको विषय सजिलोसंग छनोट गर्न सक्छन् । यहाँ पढाइका तरिकामा समेत विविधता पाउन सकिन्छ । गुणस्तरीय शिक्षा अष्ट्रेलियाको विशेषता भित्रमा पर्छ ।

३. विश्व परिवेश सम्बन्धि ज्ञान

अष्ट्रेलियामा विश्वका धेरै ठाउँहरुबाट मानिसहरु पढ्नको लागि र काम गर्नको लागि आएका हुन्छन् । ती मानिसहरुबाट उनीहरुको संस्कृतिको बारेमा, उनीहरुको देशको बारेमा, विभिन्न विषयमा जान्न सकिन्छ ।

४. भाषामा दक्षता

अष्ट्रेलियामा विभिन्न देशका साथी भेट्न सकिने हुनाले उनीहरुको भाषाबारे बुझ्न सकिन्छ, सिक्न सकिन्छ र अष्ट्रेलियाको स्थानीय भाषा तथा अंग्रेजी भाषामा दक्षता हासिल गर्न सकिन्छ।

५. खर्च तथा जीवनशैली

अरु विकसित देशको तुलनामा अष्ट्रेलियामा पढ्ने विद्यार्थीलाई कम खर्च लाग्छ । खर्चको हिसाबले विद्यार्थीहरु शहरी क्षेत्र अथवा ग्रामिण क्षेत्र मध्ये रोजेर बस्न सक्छन् । अष्ट्रेलियाको स्वस्थ, सकारात्मक सोंच, कामलाई प्राथमिकता, मनोरन्जनको लागि समय दिने जीवनशैली विद्यार्थीहरुको लागि फाइदाजनक हुन्छ।

६ . व्यक्तित्व विकास

कामले दिलाएको आत्मनिर्भरता, अनुभव र आत्मविश्वास, विभिन्न देशका साथीहरुसंगको संगत, गुणस्तरीय शिक्षा, भाषामा दक्षता, विकास प्रक्रिया सम्बन्धि ज्ञान, करियरको राम्रो अवसरले ज्ञान तथा सीपमा गरिदिएको वृद्धिले विद्यार्थीको व्यक्तित्व विकास हुन्छ। यी अनुभवहरुले विद्यार्थीले विश्वका अरु ठाउँमा गएर पनि सजिलै आफूलाई स्थापित गर्न सक्छन् ।

७. स्वस्थ हावापानी

अष्ट्रेलियामा स्वस्थ हावापानी छ । यहाँको प्रकृतिमा विविधता पाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments