नयाँदिल्ली । भारतको विभिन्न ठाउँमा आँधीको कारण ४१ जनाको मृत्यु भएको छ ।

राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र नयाँ दिल्लीमा सोमबार राति धुलोसहितको अाँधीले मानवीय तथा भौतिक क्षति पुर्याएको हो । आँधी बेहरीसँगै वर्षा शुरु भएको छ ।

आँधी बेहरी र वर्षाको कारण उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा ९ र नयाँ दिल्लीमा २ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।

नयाँ दिल्लीमा प्रतिघण्टा १०९ किलोमिटरको दरले धुलोसहितको आँधीबेहरी आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन् ।

आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीमा ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गर्नुभएको छ । सिन्ह्वा

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments