काठमाडौं । ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । आगामी जुन १४ देखि जुलाई १५ सम्म रूसमा हुने विश्वकप फुटबल प्रतियोगिता खेल्न ब्राजिलले २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

सोमबार घोषणा गरिएको टोलीका अधिकांश सदस्यहरू युरोपेली र अन्य देशका क्लबमा अनुबन्धित छन् । रसिया विश्वकपमा ब्राजिललाई यो पटक उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ ।

३२ राष्ट्रसँग हुने प्रतिस्पर्धामा ब्राजिलले छैंटौं पटक उपाधि जित्ने प्रयास गर्नेछ । हाल पेरिस सेन्ट जर्मेनमा रहेका नेयमार जुनियरको टीम ब्राजिलका लागि गोल रक्षकमा रोमाका एल्सियो, म्यानचेस्टर सिटीका एन्डरसन र कोरियनथेन्सका क्यासियोल छनौट भएका छन् ।

यस्तै, फर्वार्डतर्फ नेयमार, सख्तर डोनेस्कका टाइसन र म्यानचेस्टर सिटीका ग्याब्रियल जेसुस लिभरपुलका रोबर्टो फिरमिन्हो कुद्नेछन् । डिफेन्डमा म्यानचेस्टर सिटीकै डानियालो, कोरियथेन्सका फेग्नर, रियल मड्रिडका मार्सेलो, पिएसजीका थियागो सिल्भा र माक्युएन्होस, इन्टरमिलानका मिरान्डा र जेर्मियोका पेड्रो गेरोमेल छानिएका छन् ।

मिडिफिल्डरमा रियल मड्रिडका कासेमिरो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, बार्सिलोनाका पाउलिन्हो, सक्तर डोनेस्कका फ्रेड, बेइजिङ ग्युआनका रेनाटो अगुस्टो, चेल्सीका विलियन, युभेन्ट्सका डुग्लस कोस्टा र बार्सिलोनाका फिलिपे काउटिन्हो खेल्नेछन् ।

Comments

comments