काठमाडौ । सरकारले आर्थिक वर्षको २०७५/०७६ को बजेट जेष्ठ ७ गते सार्वजनिक गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेकोे बैठकले आर्थिक वर्ष २०७५/ ०७६ को नीति तथा कार्यक्रम जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

संसदमा राष्ट्रप्रमुखले सम्बोधन मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संवैधानिक प्रावधान छ ।

संवैधानिक प्रावधान अनुसार नीति तथा कार्यक्रम सम्बोधनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई जेठ ४ गते अनुरोध गर्ने निर्णय भएको सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments