नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ ।

नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ ।

Comments

comments