काठमाडाैँ । जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएको बारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण माग गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको उक्त राष्ट्रिय झण्डा संविधानले निर्दिष्ट गरेको कानुन अनुसार नभएकोले स्पष्टिकरण माग गरेको हो।

संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण मागेका हुन् ।

प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको पण्डितका स्वकीय सचिव वसिम आलमले बताए ।

स्पष्टिकरणमा भनिएको छ- दुवै देशका प्रधानमन्त्रीबाट सम्बोधन गर्ने कार्यक्रममा राखिएको नेपालका राष्ट्रिय झण्डको आकार र स्वरुप नेपालको संविधानको अनुसुचीमा रहेको आकारमा नभई फरक आकार र रुपमा देखिन आएको छ । निर्धारित स्वरुपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो रु भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाई समेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरवाहीले भएको हो, ३ दिनभित्र स्पष्टिकरण पेश गर्नू ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments