काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५, ०७६को बजेट समाजवाद उन्मुख बनाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संविधानकाे मर्म अनुसार समाजवाद उन्मुख बजेट आउने जानकारी दिनुभएको छ ।

अर्थमन्त्री डा खतिवडाले राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७५, ७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्तावबाहेकका सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिनु भयो । अर्थमन्त्री खतिवडाले बजेट नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने प्रष्ट्याउनु भयो ।

मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिनुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments