एजेन्सी । स्पेनिस लालिगा फुटबलको सोमबार बिहान भएको खेलमा बार्सिलोना ५-४ ले पराजित भएको छ । लेभाण्टेले आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई पराजित गरेको हो ।

लेभाण्टेको लागि इम्मानुयल बोयटिङले ह्याट्रिक गरे भने इनिस बार्धीले २ गोल गरे ।

त्यस्तै, बार्सिलोनाका लागि फिलिप कोटिन्होको ह्याट्रिक तथा लुइस स्वारेजको एक गोल गरेका थिए । लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोना थप गोल गर्न सकेन ।

यो हारपछि स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना टुटेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments