मेलबर्न । अष्ट्रेलिया सरकारले केही दिन अगाडी यस आर्थिक वर्षको लागि बजेट घोषणा गरेको छ । ट्याक्स छुट लगायतक विभिन्न स्वागतयोग्य योजना घोषणा गरेको उक्त बजेटले वैदेशिक सहायता कार्यक्रमको समेत घोषणा गरेको छ ।

अष्ट्रेलियाका ट्रेजरर स्कट मरिसनले संसदमा प्रस्तुत गरेको बजेटमा वैदेशिक सहायता कार्यक्रम अन्तर्गत नेपाललाई करिब २ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिको छ । यो सहयोग रकम गत वर्षको भन्दा १० करोड रुपैयाँले कम हो।

सहयोग रकममध्ये नेपालले १५ दशमलव ६ मिलियन डलर अर्थात करिब १ अर्ब २४ करोड रुपैयाँ सहायता पाउनेछ भने अन्य रकम विभिन्न उपशिर्षकबाट सहयोग स्वरुप उपलब्ध गराइनेछ। सबैभन्दा धेरै ३८ दशमलव १ प्रतिशत शिक्षा शिर्षकमा प्रदान गरिएको छ भने प्रभावकारी सरकार सञ्चालन शिर्षकमा २४ दशमलव ५ प्रतिशत छुट्टयाइएको छ। यसैगरी व्यवसाय र पूर्वाधार निर्माणमा १५ दशमलव ६ प्रतिशत रकम दिइने भएको छ।

अष्ट्रेलियाले नेपालका लागि आफ्नो सहयोग शिक्षा, स्वास्थ्य, रोजगार, महिला तथा बालकालिकाहरुको जीवनस्तर माथि उकास्न प्रेरित हुने जनाएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments