ज्योति मगर ३१ वर्षकी भइन् । वैशाख २८ उनको जन्मदिन हो । उनले शनिवार काठमाडौंको एउटा अनाथालयका बालबालिकाहरुसँग खुशी बाँडेर आफ्नो जन्म दिन मनाइन् ।

लोक तथा दोहोरी गायिका ज्योतिको चर्चा गीत भन्दा पनि उनको शरीर र उनले लाउने गरेका पहिरनबाट हुने गरेका छन् । सम्भवतः उनी जति विवादित लोकगायिका अरु कोही छैन । लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरेको छ । त्यस्तै ’गाएर’ भन्दा पनि ’देखाएर’ चर्चामा आउने गरेको टिप्पणी पनि उनीमाथि हुने गरेको छ । यस्ता आरोपहरुको फेहरिस्त अरु धेरै छन् । तर, स्वयमं ज्योति यी सबलाई सत्य मान्दिनन् । उनी आफ्नै ’कला’ र ’गला’ अगाडी बढिरहेको ठान्छिन् । उनलाई लाग्छ मान्छेले वास्तविक ज्योतिलाई चिन्नै बाँकी छ । प्रस्तुत छ ज्योतिले विभिन्न मिडियालाई दिएको अन्तवार्ताका आधारमा तयार पारिएको उनको आत्मस्वीकारोक्ति :

पत्रकारहरुले सोध्ने सधैंको एकनाशको प्रश्नबाट म मोनोटोनस भैसकेकी छु । लाग्छ अब त कसैले सोध्ने प्रश्न नै सकिए जस्तो छ । उही प्रश्न अनि उनै उत्तर, अलि झ्याउ भयो । कहिले त पत्रकारले सोध्ने प्रश्नको अनुमान नै लगाउन सकिन्छ तर, कहिले भने फेल हुन्छ । ज्योती मगरको बारेमा निकाल्नुपर्ने र थाहा हुनपर्ने कुरा केही छैन । तर मभित्र अझै नयाँ कुराहरु अथाह छन् । मात्र यति हो मलाई हेर्ने आँखाहरुले फरक कोणको परिभाषा जान्नु आवश्यक छ ।

म चाहन्छु मेरोबारेमा मिडियामा अलि ‘एक्स्क्लुसिव’ र ‘पोजिटिभ’ कुराहरु आइदेऊन् । तर जहिले पनि ‘एक्स्पोज’, ‘भल्गर’ का कुरा मात्र आउँछन् । केटी मान्छेको अदा राम्रो हुनैपर्छ र एउटा–एउटा अंग राम्रो हुन्छ पनि । यसैलाई सुन्दर तरिकाले लेख्न सकिन्छ नि ।

स्वरको कुरा गर्दा सबैको एक किसिमको मिठो ‘टोन’ हुन्छ । ज्योती मगरको पनि आफ्नैखाले स्वर छ, त्यो कसैले कपि गर्न सक्दैन । म भन्छु–अझै पनि मभित्र भएको प्रतिभाको खोजी भएको छैन । राम्रो मन भएको ‘गुड ह्युमन’ भन्छन् नि, त्यो पनि छ ममा । कतिलाई म हाउडे मान्छे लाग्छ होला तर, म एकदमै संवेदनशील नारी हूँ । जे मान्छेलाई लाग्छ त्यो म हैन । म एकदमै ‘रियालिटी’ मा बाँच्ने मान्छे हूँ ।

ज्योती मगरको यथार्थ हो–आममानिस । एउटा हाइटमा पुगें भनेर दुधले मुख धुने कुरा आउँदैन । मलाई त्यही पोल्ने घाम चाहिन्छ । मलाई पनि भोक लाग्छ, चामल, तरकारी किन्न बजार जान्छु । प्यास लाग्छ, पानी पिउँछु । मलाई यहाँसम्म पुर्याउने मेरा श्रोता,दर्शक र मिडियाले नै हो ।

मेरो अहिलेसम्मको बुझाइ के हो भने श्रोतालाई नाच्दा, हाँस्दा, रुँदा चाहिने गीत हामीले दियौं भने उहाँहरुले माया गर्नुहुन्छ । मैले त्यही दिएको भएर नै उहाँहरुले माया गर्नुभएको हो । मिडियाको कुरा गर्दा चाहिं कहिलेकाहीँ समाचारको ‘टाइटल’ त्यस्तै किसिमको बनाइदिँदा चित्त दुख्छ । तर, म सकारात्मक सोंच राख्ने भएकाले सोच्छु, दुध दिने गाईको लात पनि सहनुपर्छ ।

मेरो अहिलेसम्मको बुझाइ के हो भने श्रोतालाई नाच्दा, हाँस्दा, रुँदा चाहिने गीत हामीले दियौं भने उहाँहरुले माया गर्नुहुन्छ । मैले त्यही दिएको भएर नै उहाँहरुले माया गर्नुभएको हो । मिडियाको कुरा गर्दा चाहिं कहिलेकाहीँ समाचारको ‘टाइटल’ त्यस्तै किसिमको बनाइदिँदा चित्त दुख्छ ।

लाग्छ मेरा सबै चाहना र सपनाहरु पूरा भए । अहिले नै अनुभवले पाकी भएकी छु । मलाई आफ्नो भोगाइमा सर्ट फिल्म बनाउन मन छ ।

मलाई मान्छेले जहिले पनि ‘एक्स्पोज’ गरेको भरमा ज्योती हिट भइ भन्छन् । जो मान्छेमा कला या सृजना हुँदैन त्यो मान्छे ग्ल्यामर भएको भरमै संगीत जस्तो क्षेत्रमा हिट हुँनै सक्दैन । सरस्वतीको ‘तथास्तु’ नपाइ संगीतमा कोही पनि हिट हुँदैन ।

स्टेजमा मान्छेहरु यत्तिकै ज्योती मगरको शरीर हेर्नै आउने होइन नि । गीत सुनेर, अदा हेरेर तालि बजाउने हुन् । शरीर देखाको भरमा हिट हुने भए त जोकोहीलाई छोटा लुगा लगाएर स्टेजमा पठाए भैगो नि । मलाई ‘एक्स्पोजर’ भन्छन् तर, म आफूलाई राम्रो ‘पर्फमर’ हूँ भन्छु । मान्छेहरुले ज्योती मगर देखाको भरमा हिट भइ भन्छन् तर, मलाई त्यो कुरा गलत सावित गर्नुछ । प्रायः गीत म आफैं बनाउँछु । मेरो गीतमा वेस्टर्न फ्युजन हुन्छ, त्यसैले अलि अलि एक्सपोज गर्न मिल्छ । बिमाकुमारी दुराले गाउनेजस्तो गीतमा छोटा कपडा लगाउँदा मिल्थेन ।

मलाई ‘एक्स्पोजर’ भन्छन् तर, म आफूलाई राम्रो ‘पर्फमर’ हूँ भन्छु । मान्छेहरुले ज्योती मगर देखाको भरमा हिट भइ भन्छन् तर, मलाई त्यो कुरा गलत सावित गर्नुछ ।

अरु गायिकाहरुको नाम सुन्दा स्वरको झल्को आउँछ तर, ज्योती मगर भन्ने नाम सुन्दा चाहिं शरीर अगाडि गायकी पछाडी आउँछ भन्नेहरु धेरै छन् । हो,एकदमै राम्रो देखियोस् भन्ने चाहना सबैको हुन्छ । अहिले भिडियोबिनाको गीत निकाल्नुस्, पत्तासाफ भइहाल्छ । सुन्दा कानलाई र हेर्दा आँखालाई मजा आउनुर्पयो । सहरिया भनाउँदाहरुले लोकगीत गाउनेहरुलाई जुन ‘लोके’ भन्छन्, उनीहरुलाई लोकगायिका सबै साडीमै हुँदैनन्, राम्रो अदा भएका पनि हुन्छन्, लोकगीत यसरी पनि पर्फम गर्न सक्छन् है भन्ने नै मैले बनाउन खोजेको हूँ ।

म एउटी मगर्नी हूँ, चिम्साचिम्सा आँखा छन् । एकदमै आकर्षक, सेक्सी त होइन । सामान्य हिसाबले हेर्दा मोटीमोटी ज्योतीभित्र पनि केही राम्रो कुरा चाहिं छ है भन्ने लाग्छ । शरीर मात्र हेर्दा आफ्नो आँखा राम्रो लाग्छ । मेरो स्वर र शरीर एक–अर्काका परिपुरक हुन् ।

मैले पनि प्रेम नगरेको होइन । तर मैले भोगाइबाट बुझेको, प्रेममा सम्झौता गर्नैपर्छ । आडभरोसा हुन्छ तर, स्वतन्त्रता हुँदैन । प्रेमको मामिलामा मेरो कमजोरी भनेको म चाँडै माफी दिने रैछु । फूलैफूलमा हनिमुन मनाउने कुरा पनि प्रेममै हुन्छन् तर, ति काल्पनिक हुन् । मैले माथि नै भनें म रियालिटीमा बाँच्छु ।

हाम्रो समाजमा अलिकति छाडाजस्तो देखियो भने यसका बाउआमा कस्ता होलान् ? भन्ने चलन छ । मलाई पनि भन्छन् । त्यो सुन्दा दुख लाग्छ । म गाउँमा जन्मी,हुर्केकी केटी हूँ । म जन्मेको समाजमा खुल्लापन त अझै पनि छैन । घरमा जाँदा सबैसँग दुरी बनाएर बस्नुपर्छ । छोटा लुगा लगाउन पाइँदैन । फतरफतर बोल्न पाईंदैन । त्यति पढेलेखेको हुनुहुन्न । कतै खुम्चिएजस्तो लाग्छ । तर, त्यो बालापन, ती मान्छे र मनसँग फेरि खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो बेला बाँच्नुको अर्को अर्थ पनि भेटिए जस्तो लाग्छ ।

अर्को कुरा म एकदमै द्वन्द भएको परिवारमा हुर्केको हूँ । बुवा एकदमै रक्सी पिउनुहुन्थ्यो । अन्य महिलाहरुसँग पनि उहाँको सम्बन्ध रहन्थ्यो । साथीका असल बाहरु देख्दा मेरा बा पनि त्यस्तै भइदिए भन्ने लाग्थ्यो । तर, त्यही कुराले नै मलाई बलियो बनाएको मान्छु । किनकी त्यस्तो अवस्थामा ममी एक्लैले परिवार सम्हाल्नुभयो । बच्चाबच्ची पढाउनुभयो । मैले ममीबाटै पाठ सिकेको हूँ । हरेक युवतीहरु आफ्नो लोग्ने आफ्नो बाउजस्तो होस् भन्ने सोच्छन् । म सोच्छु, मेरो लोग्ने मेरो बा जस्तो नहोस् । तर, मेरो बाआमालाई म माया गर्छु ।

यसो भन्दा म जुन क्षेत्रमा छु,जे गरिरहेको छु,त्यो विद्रोह हो ? भनेर सोध्नेहरु धेरै छन् । गाउँमा कार्यक्रम हुँदा नचाहेर पनि लामै कपडा लगाउनुपर्छ । लोकगायिका भएर पनि फ्युजन बनाएर लोकगीत नसुन्नेहरुलाई पनि सुनाउँ भन्ने चाहीँ मेरो विद्रोह हो । मेरो बज्यैलाई कसैले तपाईंको नातिनीले छोटो लुगा मात्र लगाउँछ भनेर कुरा लगाइदिएछ । त्यसलाई हेर्दा पनि मैले विद्रोह गरेछु जस्तो लाग्छ ।

फेसबुकमा नानाथरि कमेन्ट र मेसेज लेखेर हैरान पार्नेहरुको कमी छैन । कसैले त ‘सन्नी लियोन’ समेत भनिदिन्छन् । त्यतिखेर असाध्य चित्त दुख्छ । हुन त आ–आफ्नो हेराई हो । कमेन्ट गर्नेहरु पनि नराम्रा होइनन् । त्यही कमेन्टबाट उनीहरुको लेभल थाहा हुन्छ । अर्को कुरा, जसले सन्नी लियोन हेरेको हुन्छ उनीहरुले नै सन्नी लियोन भन्ने हो । राम्रो भन्न त माधुरी दिक्षित मात्र हेरेको हुनुर्पयो नि । उनीहरुले एकछिनको लागि भडास निकालेको हो कि जस्तो लाग्छ । तर, अन्तिममा माया गर्ने उनीहरु नै हुन् । टिकट काटेर आउने उनीहरु नै हुन् । हाम्रोमा भन्ने एउटा हुन्छ, ‘थट’ अर्कैतिर हुन्छ । तर कति कमेन्ट्स त भन्नै नमिल्ने अश्लिल शब्द हुन्छन् । म पनि कोमल मन भएको छोरी मान्छे हूँ, चित्त दुखिहाल्छ । अनि त्यो भन्दा बढी अगाडी ज्योती तिमी राम्री, तिम्रो गीत राम्रो भन्ने अनि पछाडी ज्योति त यस्तो या त्यस्तो भन्दा धेरै चित्त दुख्छ ।

मैले भोगाइबाट बुझेको, प्रेममा सम्झौता गर्नैपर्छ । आडभरोसा हुन्छ तर, स्वतन्त्रता हुँदैन । प्रेमको मामिलामा मेरो कमजोरी भनेको म चाँडै माफी दिने रैछु । फूलैफूलमा हनिमुन मनाउने कुरा पनि प्रेममै हुन्छन् तर, ति काल्पनिक हुन् । मैले माथि नै भनें म रियालिटीमा बाँच्छु ।

मलाई हत्तपत्त कसैले प्रशंसा नै गर्दैनन् । गरिहाले पनि ज्योती म तिम्रो शुभचिन्तक, यसो गर उसो नगर भन्ने सुझाव आउँछन् । प्रशंसा भएका ठाउँमा भने केटी मान्छे भएर पनि लोकगीतमा ‘रकिङ’ गर्यौ भन्छन् ।

अहिले फ्ल्याट भाडामा लिएर बस्छु । महँगी बढ्दैछ । भोली फ्ल्याटबाट एउटा कोठामा खुम्चिनु पर्यो भने के होला भन्ने पनि चल्छ । भोली परिवार, बच्चा भएपछि मैले निभाउनुपर्ने दायित्व पुरा गर्न सक्छु कि सक्दिनँ होला जस्ता कुराहरु पनि दिमागमा चलिरहन्छन् ।

म सामान्य मान्छे हूँ । मनमा अनेक कुराहरु खेल्छन् । मैले अब कस्तो गीत बनाउने होला, पैसा मात्र डुब्ला कि, गीत हिट होला कि नहोला, कस्तो मान्छेसँग कस्तो सम्बन्ध बनाउने होला भन्ने हुन्छ । अहिले फ्ल्याट भाडामा लिएर बस्छु । महँगी बढ्दैछ । भोली फ्ल्याटबाट एउटा कोठामा खुम्चिनु पर्यो भने के होला भन्ने पनि चल्छ । भोली परिवार, बच्चा भएपछि मैले निभाउनुपर्ने दायित्व पुरा गर्न सक्छु कि सक्दिनँ होला जस्ता कुराहरु पनि दिमागमा चलिरहन्छन् ।

……………………..

ज्योतिलाई जन्म दिनको धेरै शुभकामना ।

तस्बिरः ज्योति मगरको फेसबुकबाट

 

Comments

comments