काठमाडौं । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई पुनः सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई नाफा कमाउने नाममा जथाभावी लगानी नगर्न कडा निर्देशन दिनु भएको हो । उहाँले नाफा कमाउने काममा थुप्रै बैंक तथा वित्तिय संस्थाहरु लागि परेको भन्दै त्यस्ता संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने चेतावनी पनि दिनुभयो ।

आईतबार मेघा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दै उहाँले जनताको लगानी भएको बैंक तथा वित्तिय संस्थाहरुलाई आफूखुसी गर्ने छुट दिन नसकिने स्पष्ट पार्नुभयो ।

गभर्नर नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुसँग आग्रह गर्नुभयो । बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पु¥याउने प्रतिवद्धता पनि व्यक्त गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments