काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाको बारेमा एउटा गीत रेकर्ड भएको छ । गीतकार सन्तोष देउजाले गीतको रचना गरेका हुन् ।

गीत रेकर्ड भइरहेको स्टुडियोमा धमला रातारात पुगेका थिए । उनी आफ्नो आवाजमा बोल्नुपर्ने केही भागको रेकर्ड गर्न त्यहाँ पुगेका थिए । गीतमा धमला माथि लाग्ने आरोप र उनले दिने स्पष्टिकरण राखिएको छ ।

गीतको रेकर्डिंग भइरहेको स्टुडियोमा पुगेका धमलाले गीतमा प्रयोग गरिएका कुनै पनि शब्दमा आफूलाई आपत्ति नभएको बताएका छन् । उनले आलोचना नै सफलताको संकेत रहेको बताउंदै गीतको टिमलाई सफलताको शुभकामना समेत दिएका छन् ।

गीतका रचनाकार सन्तोष देउजाले पत्रकारको बारेमा गीत नबनेकोले आफूलाई पत्रकारको बारेमा गीत लेख्न मन लागेको र ऋषि धमला सफल पत्रकार र आलोचनालाई सकारात्मक रुपमा लिने पत्रकार हुनाले उनलाई लिएको बताएका छन् ।

यस गीतकी गायिका राधिका हमालले ऋषि धमला सहज रुपमा निम्तोलाई स्वीकार्दै स्टुडियोमा आएको र गीतका शब्दहरुलाई पनि सहजताका साथ लिएको देख्दा अचम्भित भएको बताएकी छिन् । तस्बिर स्रोत 

Comments

comments