काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली क्रिकेटर सन्दीप लामिछानेको नाम लिएका छन् ।

सम्बोधनमा मोदीले नेपाल र भारतबीच साँस्कृतिकमात्र नभएर अब खेलकुदमा पनि सम्बन्धविस्तार भएको बताए । त्यही क्रममा उनले अहिले भारतमा भइरहेको इन्डियन प्रिमियर लिगको सन्दर्भ निकाले । अनि भने, ‘अहिले नेपालका एक खेलाडी सन्दीप लामिछाने पनि छानिएका छन् ।’ उनले अब विस्तारै अन्य खेलमा पनि नेपाली खेलाडी छानिनु पर्ने बताए ।

Comments

comments