काठमाडौं । काठमाडौं महानगरपालिकाको साँचो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शनिबार राष्ट्रिय सभागृहमा आयोजित नागरिक अभिनन्दन समारोहमा काठमाडौं महानगर प्रधानमन्त्री मोदीका लागि सधैँ खुला रहने भन्दै साँचो हस्तान्तरण गर्नुभएको हो ।

यसअघि शुक्रबार जनकपुर उपमहानगरपालिकाको साँचोसमेत मोदीलाई हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन समेत गरेको छ । महानगर प्रमुख शाक्यले मोदीलाई अभिनन्दन पत्र हस्तान्तरण गर्नुभयो ।

साथै शाक्यले ५५ किलोको बुद्धको मुर्ती पनि मोदीलाई हस्तान्तरण गर्नुभएको छ ।

Comments

comments