सत्रौं एसियाली खेलकुद अन्तर्गत दक्षीण कोरियामा जारी खेलकूद प्रतियोगितामा आज नेपालले महिला बास्केटबलतर्फ कतारको सामना गर्दैछ । यसअघि पहिलो खेलमा काजकस्तानसँग पराजित भएको नेपाल महिला बास्केटबलतर्फ आज अन्तराष्ट्रियस्तरमा पहिलो जीतको खोजीमा हुनेछ ।

यसैबीच एसियाडमा आजबाट गल्फका खेलहरु पनि सुरु भएका छन् । नेपाल गल्फ संघको निकै महत्वाकांक्षी कार्यक्रम अन्तर्गत रहेर उत्पादन भएका एमेच्योर गल्फरहरुको आज परिक्षा हुँदैछ ।

आजै नेपालले पदकको आशा गरेको बक्सिङका खेलहरु समेत हुनेछन् । यसअघि बक्सीङतर्फ हिजो भएको पहिलो खेल जित्दै नेपालका पुरन राई प्रिक्वाटरफाईनलमा पुगेका छन् ।

Comments

comments