काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटकको नेपाल भ्रमण विशुद्ध धार्मिक भएको बताएका छन् । आफ्नो जनकपुरमा आउने सपना धेरै बर्षपछि पुरा भएको भन्दै मोदीले सीताको भूमिमा पाइला टेक्न पाउँदा खुसी व्यक्त गरे ।

भारत र नेपालको युगौंदेखिको सम्बन्ध रहेको बताउदैं उनले यो मित्रतालाई कायम राख्न आफ्नो भ्रमण महत्वपूर्ण रहने बताए । नेपाल एक पवित्र भूमि रहेको औल्याउँदै मोदीले लुम्बिनिको समेत प्रशंसा गरेका थिए ।

नेपाल बुहभाषिक, बहुधार्मिक मुलूक रहेको बताउँदै उनले यहाँ विभिन्न धार्मिकस्थल र तिनको महत्वको समेत वर्णन गरेका थिए । नेपालको शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिमा भारत सदैव तयारी रहेको बताउदै मोदीले एक मित्रको नाताले दुःख सुखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

हरेक कष्टमा एक आपसमा साथ दिएको बताउँदै उनले आगामी दिनमा समेत सहिष्णुता कायम राख्न बताए । नेपाल बिना भारत अधुरो रहेको मोदीको प्रतिक्रिया थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिषयमा सही समयमा सही सपना देखेको बताउँदै उहाँले ‘समृद्ध नेपाल, सुखी जनता’ को नारामा आफुले समेत साथ दिने बताए ।

नेपालका ग्रामिण भेक जहाँ विकास भएको छैन् उक्त क्षेत्रमा भारतको लगानी हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै उहाँले यो नारामा साथ दिने बताए । ‘बन्धुता तब प्रगाढ हुन्छ, जब एक आपसमा दुई देशबीच आवातजावत गरिन्छ, मोदीले भने । विद्युत, रेलमार्ग, हवाई सेवाको जनकपुरमा विकास गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

नेपाललाई भारतसँग जोड्न रक्सौल हुँदै रेलमार्गको विस्तार गर्न लागिएको उनले बताए । यतिमात्र नभइ नेपाल–भारतलाई जलमार्गको माध्यमबाट समेत जोडिनेछ, उनले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments