मेलबर्न । अष्ट्रेलियामा आमाबुवा ल्याउन चाहनेहरुको लागि कमाइको थ्रेसहोल्ड बढाउने निर्णयबाट सरकार पछि हटेको छ । गत महिनाको उक्त निर्णयबाट पछि हट्दै सरकारले उक्त निर्णय रद्द गर्ने भएको हो ।

गत महिना अष्ट्रेलिया सरकारले अष्ट्रेलियामा आफ्ना आमा बुवा ल्याउने चाहनेहरुको कमाइको थ्रेसहोल्ड दोब्बर बढाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार आमा बुवाको स्पोन्सर भिसाको लागि जोडीले वर्षमा कम्तिमा १ लाख १५ हजार ४ सय ७५ डलर र एकल व्यक्तिले वर्षमा कम्तिमा ८६ हजार ६ सय ६ कमाएको हुनुपर्ने नियम लागु गर्ने बताइएको थियो ।

अष्ट्रेलियामा बस्ने विदेशी समुदाय यो निर्णयको विरुद्धमा उत्रिएपछि सरकार पछि हटेको बताइएको छ ।

एसबिएस न्युजका अनुसार, विशेष गरि भारतीय र चिनियाँ समुदाय यस निर्णय विरुद्धमा सक्रिय भएर लागेको थियो, जसले गर्दा सरकार निर्णय रोक्न बाध्य भयो ।

एसबिएस न्युजले सोसल सर्भिस मिनिस्टर डान तेहनले लेखेको एक पत्र प्राप्त गरेको र उक्त पत्रमा, थ्रेसहोल्ड बढाउने निर्णयलाई संसदमा नलगी नै रद्द गरिने बताइएको उल्लेख गरेको छ। तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments