मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि मुक्तिनाथ क्षेत्र तम्तयार रहेको छ । जिल्ला प्रशासन कार्यालय, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय बासिन्दाले मोदीको स्वागतका लागि भव्य तयारी गरेका छन् ।

मुक्तिनाथ क्षेत्र, तुथाङ र रानीपौवामा सरसफाई गरिएको छ। मन्दिरका एक सय ८ वटै धारालाई सुनौलो रंगले रंगाइएको छ। बिग्रिएका धारा मर्मत गरिएका छन्। मुख्य मन्दिर र सहायक मन्दिर, गुम्बा, शौचालयमा रंगरोगन गरिएको छ। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

मन्दिरको आडैमा विश्रामस्थलको रुपमा विशिष्ठ अतिथि कक्ष तयार गरिएको छ। मन्दिर मर्मत सम्भारका सबै काम सकिएको मर्मत सुधार समिति संयोजक फेङ्चुक छेप्तेन गुरुङले बताए। मन्दिर नजिकै ६ वटा हेलिप्याड बनाइएका छन्। होलिप्याडदेखि मन्दिरको मूलढोकासम्म ६ वटा स्वागतद्वार बनाइँदै छ।

हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछ्याउने तयारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले कार्पेट मुक्तिनाथ पुगिसकेको बताए।

सर्वदलीय बैठकले जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्हामु गुरुङको संयोजकत्वमा जनप्रतिनिधि र स्थानीय समाजसेवी सम्मिलित स्वागत समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मोदीको स्वागतका लागि आवश्यक ९० प्रतिशत तयारी सकिएको जनाएका छन्।

मोदीका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ। पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेना परिचालन हुनेछन्। त्यसबाहेक भारतीय विशेष सुरक्षा दस्ता समेत मोदीको सुरक्षार्थमा खटिनेछन्। सुरक्षा दस्ता बिहीबार नै मुक्तिनाथ आइपुगेका छन्।

यसैबीच मोदी भ्रमणलाई लक्षित गरी स्थानीय प्रशासनले शुक्रबार बेलुका ४ बजेबाट शनिबार बिहान १२ बजेसम्म सर्वसाधरणलाई मन्दिर प्रवेशमा निषेध गरेको छ। उक्त अवधिमा बजारभित्र पनि पर्यटक प्रवेशमा निषेध गरिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments