चितवन । विशेष अदालतले नक्कली डाक्टर भनेर प्रमाणित गरेका भरतपुरका सुनील आचार्यले अहिले पनि नियमित रुपमा बिरामीहरुको चेकजाँच गरिरहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा विशेष अदालतले आचार्यलाई २०७४ चैत २ गते ६ महिना कैद सजाय तोकेको थियो । विशेष अदालतले आचार्यलाई ६ महिना कैदका साथै १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । वरिष्ठ स्त्री तथा प्रसुती एवम् प्रजनन रोग विशेषज्ञ भनेर आफूलाई चिनाउने आचार्यले अहिले पनि भरतपुर १० अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकमा बिरामीको जाँच गरिरहेका छन् ।

तर आचार्यले भने विशेष अदालतको पूर्ण पाठ नआइसकेको र पुनरावेदनका लागि सर्वोच्च जाने ठाउँ रहेकाले अन्तिम फैसला नहुँदासम्म आफूले यो पेशा गर्ने बताउँछन् । विशेष अदालतबाट प्रतिवादी तथा अपराधिलाई पक्राउ गर्ने भनेर कुनै पनि आदेश नआएको कारण उनलाई पक्राउ नगरिएको चितवन प्रहरी बताउँछ । २०७२ फागुन महिनामा पक्राउ परेका आचार्य विरुद्ध नक्कली प्रमाणपत्र लिएको भन्दै विशेष अदालतमा र ठगी आरोपमा चितवन अदालतमा मुद्दा परेको थियो ।

ठगी मुद्दामा चितवन अदालतले सफाइ दिए पनि उनलाई विशेष अदालतले नक्कली प्रमाणपत्र लिएकोमा सजाय सुनाएको हो । प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली भएकै आधारमा आचार्यमाथी मुद्दा चलाइएको थियो । विशेष अदालतले सजाय सुनाइसकेपछि आचार्यले काम गर्न नमिल्ने चितवनका कानुन व्यवसायीहरु बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments