काठमाडौ । सरकारले अनुत्पादक क्षेत्रको बजेट कटौति गरेर विकास निर्माणको बजेटमा थप्ने भएकाे छ । सरकारले त्यसको लागि छुट्टै नीति ल्याएको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्वीकृत गरेको छ ।

विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनु परेको राज्यमन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले विभिन्न जिल्लामा असिना पानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाएका परिवारलाई जनही १ लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ ।

विपत्ति पीडितलाई आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय भएकाे छ । असार र साउनमा बाढी र डुवानमा परेकाहरुलाई राहत दिन १ अर्ब रूपैयाँ रकम निकासा गरेको छ ।

प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा रकम निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्था समेत गरिएको राज्यमन्त्री बास्कोटाले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments