मेलबर्न । अष्ट्रेलिया सरकारले नयाँ बजेट कार्यक्रम (२०१८/१९) घोषणा गरेको छ । नयाँ बजेट अनुसार करमा विशेष छुट योजना सार्वजनिक गरिएको छ ।

अब अष्ट्रेलियावासीले हाल तिर्दै आएको ट्याक्सबाट २०० डलर देखि ५३० डलरसम्म बचत गर्न सक्नेछन् । यो कर छुट निम्न र मध्यम स्तरीय आम्दानी भएकाहरुको लागि छुट्टाइएको छ। ट्याक्स रिफन्ड भने वार्षिक १ लाख २५ हजार डलर भन्दा माथि आम्दानी हुनेहरुका लागि बढाइने भएको छ।

यस्तो छ कर छुट योजना :

वार्षिक आम्दानी ३७ हजार डलर हुनेहरुको लागि वार्षिक २०० डलर कर छुट

वार्षिक आम्दानी ३७ हजार १ डलर देखि ४७ हजार ९ सय ९९ हुने व्यक्तिहको लागि वार्षिक २ सय डलर देखि ५०० डलर सम्म कर छुट

वार्षिक आम्दानी ४८ हजार देखि ९० हजार डलर हुनेहरुको लागि वार्षिक ५३० डलर कर छुट

९० हजार १ डलर देखि १ लाख २५ हजार ३ सय ३३ डलर वार्षिक आम्दानी हुनेहरुका लागि ५३० डलर कर छुट

स्रोत : एसबीएसन्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments