काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरोले अन्तराष्ट्रिय कल बाईपासको आरोपमा २ जनालाई करिब १२ अर्ब रुपैयाँ बिगो मागसहित मुद्धा चलाएको छ ।

अनुसन्धान व्यूरोले भारत उत्तरप्रदेशका २४ वर्षीय विवेक शुक्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय लालबहादुर मगरातीलाई कल बाइपासको आरोपमा पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा बिगो मागसहित मुद्धा दर्ता गरेको हो ।

सिबीआईले उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ शान्तिदीप टोलस्थित भोलाराज गौतमको घरबाट कल बाइपास गर्ने उपकरणसहित पक्राउ गरेको थियो ।

सिबीआइले उनीहरुसँग ११ अर्ब ९० करोड ३६ लाख ६४ हजार ६ सय ५४ रुपैयाँ बिगो माग गरेको छ ।  सिबीआइले अहिलेसम्म कल बाइपास गर्ने कार्यमा सक्रिय १ सय २६ नेपाली र ३२ विदेशी गरी १ सय ५८ जनालाई पक्राउ गरिएको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments