संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरगतको विवाद समाधान उपसमितिको बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठकले संविधानका विवादित विषयमा छलफल गर्न लागेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । अघिल्लो संविधानसभाको संवैधानिक समिति अन्तरगतको विवाद समाधानको जिम्मा पाएको विवाद समाधान उपसमितिले शासकीय स्वरुप, संघियतालगायतकाको विषयमा भएका विवादका विषयहरुलाई बुँदागत रुपमा एकीकृत गरेर संवाद समितिमा पठाउछ ।

असोज १४ गतेभित्रमा संविधानका विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने भएकाले लक्ष्मणलाल कर्ण संयोजकत्वको उपसमितिले विवादित विषयलाई छिटो छिनोफानो गरेर संवाद समितिलाई सजिलो बनाउन बैठक बस्न लागेको हो ।

Comments