काठमाडौं । टर्कीमा आयोजित अन्तर्राष्ट्रिय फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८ मा नेपालका २ बालिका पुरस्कृत भएका छन् ।
मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टद्धारा केही महिनाअघि आयोजित ट्यालेन्ट वल्र्डमा फुंगनाम लिम्बु र याङ्गी केसी पुरस्कृत भएका हुन ।

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी ट्यालेन्ट वल्र्डमा नेपालका बालिकाले सफलताको पाएको जानकारी दिएको हो ।

मर्निङ ग्लोरीका अनुसार ८ देखि ११ वर्ष उमेर समूह फुंगनाम र ४ देखि ७ वर्ष उमेर समूहमा याङजी उपबिजेता भएकी छन् थिए । याङजीले ब्युटिफुल स्माईल र मिस टुरिजमको टाइल समेत जितेकी छन् । इभेन्टको लागि जस्मिन गुरुङ र बिपासना खनालको करियोग्राफ गरेका हुन् ।

मर्निङ्ग ग्लोरीकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री तथा नेशनल डाइरेक्टर अनुप सक्सेनासहितको टोली टर्की पुगेका थिए । कार्यव्रmममा प्रतिस्पर्धी राष्ट्रका प्रतियोगीले पहिचान झल्कने भेषभुषासहितको प्रतिभा प्रस्तुत गरेका थिए ।

मर्निङ ग्लोरीका म्योजिङ डाइरेक्टर क्षेत्रीले नेपाली बालबालिका अन्तर्राष्ट्रिय प्रतियोगितामाा पुरस्कृत हुनु गौरवको बिषय भएको बताइन् । कार्यक्रममा पुरस्कृत फुंगनाम र याङजीले पहिलोपटक देश बाहिर सम्मानित हुन पाउँदा असाध्यै खुशी लागेको बताएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments