मेलबर्न । आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र कुम्भ कारणको अष्ट्रेलिया रिलिज पक्का भएको छ ।

अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरले अष्ट्रेलियाकालागि चलचित्रको प्रदर्शन अधिकार लिएको हो । त्यसवापत उसले निर्माण पक्षलाई १२ लाख रुपैयाँ तिरेको छ ।

चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिरप्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।

Comments

comments