एजेन्सी । बलिवुडमा अभिनेता अभिनेत्रीहरुको प्रेम सम्बन्धले विशेष चर्चा पाउने गर्छ । अभिनेता रणवीर कपुर पनि सम्बन्धका कारण चर्चामा रहिरहने अभिनेता मध्येमा पर्छन् । उनी अहिले अभिनेत्री अलिया भट्टसंगको सम्बन्धका कारण चर्चामा छन् ।

आलिया भट्टले सम्बन्धको बारेमा सोध्दा रणवीरसंग काम गर्न पाउँदा र संगै रहन पाउँदा आफूलाई भाग्यमानी ठान्ने बताएकी छिन् । उनले आफू रणवीरसंग हुन पाउँदा अहिले अत्यन्तै खुशी रहेको समेत उनले बताएकी छिन् । आलियाका अनुसार उनले रणवीर जस्तै असल व्यक्ति धेरै कम मात्र देखेकी छिन् । तर, उनले सम्बन्धको बारेमा केही प्रष्ट भने पारेका छैनिन् ।

रणवीर र आलिया ‘ब्रह्मास्त्र’ मा संगै देखिंदै छन्। उनीहरु अहिले धेरैजसो कार्यक्रममा संगै देखिन थालेका छन् । बलिवुडकर्मीहरु उनीहरु एक -अर्काको प्रेममा चुर्लुम्म डुबेको बताइरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments