काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय वायु सेनाका ४ वटा एमआई–१७ हेलिकोप्टर नेपाल आउने भएका छन्।

४ मध्ये २ वटा हेलिकोप्टर पटनाबाट मोदीलाई लिएर जनकपुर पुग्नेछन् भने २ वटा हेलिकोप्टर मुक्तिनाथका लागि सिधै काठमाडौं आउनेछन्।

मुक्तिनाथ यात्राका लागि प्रयोग हुने २ वटा हेलिकोप्टरमध्ये एउटा हेलिकोप्टरमा पोखराबाट मोदीलाई बोकेर मुक्तिनाथ पुग्नेछ। बाँकी एउटा हेलिकोप्टर मोदी अगावै मुक्तिनाथ पुगेको हुनेछ र मोदीको पुजा सकिएपछि मोदी त्यसैमा पोखरा फर्कनेछन्।

मोदी पोखराबाट भने तिनै हेलिकोप्टरबाट फर्कनेछन्, जुन हेलिकोप्टरमा उनको जनकपुर–काठमाडौं–पोखरासम्मको यात्रा हुनेछ।

Comments

comments