सातै महादेशका सातै उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही एवम् लामो दुरीका अल्ट्रा म्याराथुन धावक संजय पण्डितले उल्टो अर्थात पछाडि हिँडेर अष्ट्रेलिया महादेशको सर्वोच्च शिखर माउण्ट कोसियोज्को आरोहण गर्ने घोषणा गरेका छन् । दक्षिण एसियावाट सबै भन्दा कम समयमा माउण्ट किलिमञ्जरो आरोहण गर्ने तथा एलब्रुसको टाकुरामा अर्ध नग्न भएर  अन्तराष्ट्रिय किर्तिमान बनाई सकेका संजय पण्डितले सिंहदरवारमा आयोजित राष्ट्रिय झण्डा हस्तान्त्रण कार्यक्रममा  यो घोषणा गरेका हुन् ।

10368276_10204590664025747_7454216745731147856_n

अर्थमन्त्री डा. रामशरण महत, सभासद हिराबहादुर केसी तथा पूर्व सभासद मुक्तिप्रसाद शर्मा पण्डितले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएका थिए । पण्डितले अष्ट्रेलियाको उच्च शिखरमा उल्टो हिंडेर सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको भन्दै अर्थमन्त्री डा. महतले उनको आरोहणमा पूर्ण रुपमा सहयोग गर्ने आश्वासन दिएका छन्  ।

संजय  नोभेम्वर १४ मा अष्ट्रेलियाका लागि  प्रस्थान गर्दै छन् । ( तस्विर: संजय पण्डितको फेसबुकबाट )

Comments

comments