काठमाडौं । मांसाहारी व्यक्तिहरुको लागि चिकेनको परिकार रोजाइको परिकारमा पर्छ । चिकेनलाई हामीले विभिन्न तरिकाले पकाएर यसको विभिन्न परिकार बनाउन सक्छौं । यहाँ रेष्टुरेन्टमा बनाइने चिकेन ग्रेभीको चर्चा गरिएको छ ।

सामग्री :

सुकमेल, ल्वाङ्ग, मरिच, तेजपत्ता, धनियाँ पाउडर, दालचिनी, मसला, बेसार, नुन, धुलो खुर्सानी , सुकेको खुर्सानी

मसिनो गरि काटेको प्याज, टमाटर

अदुवा लसुनको पेस्ट

मिलाएर काटेको चिकेन

 

विधि :

एउटा भाँडोमा तेल तताउने

तेल तातेपछि सुकमेल, ल्वाङ्ग, तेजपत्ता, मरिच, खुर्सानी लगायत सबै मसला राख्ने

त्यो मसला एकछिन चलाएपछि प्याज राखेर चलाउने

प्याज केही छिन चलाएपछि लसुन-अदुवाको पेस्ट राख्ने र चलाउने

सबै मसलालाई केहि छिन राम्रो संग चलाउने र टमाटर राख्ने

टमाटरलाई गल्ने गरि पकाउने

त्यसपछि त्यसमा मासु राख्ने

मासु राखिसकेपछि बाँकी रहेको सबै मसला राखिदिने

त्यसलाई राम्रो संग मिक्स गर्ने

एकछिन राम्रो संग चलाउने र केही छिनपछि पानी राखिदिने

पानी राखेपछि पनि केहीबेर चलाउने र छोपिदिने

२५ मिनेटजति छोपेर पकाएपछि मासु तयार हुन्छ।

 

Comments

comments