मेलबर्न । अष्ट्रेलियामा यौन दुर्व्यवहारको आरोपमा परेका एक भारतीय युवकलाई दोस्रो मौका दिइने भएको छ ।

भारतका सुशील कुमारले सन् २००९ मा एक १७ वर्षिया किशोरी माथी यौन दुर्व्यवहार गरेका थिए। उनले आरोप स्वीकार गरेपछि सेक्स ऑफेंडर्स रजिस्टरमा सुशीलको नाम चढाइएको थियो। त्यतिबेला २१ वर्षका सुशीलले मेलबर्नको एक रेस्टुरेन्टमा काम गर्थे ।

आफै प्रहरी थानामा गैर सुशीलले पश्चाताप गरेका थिए । त्यसपछि उनीबाट कुनै पनि त्यस्तो घटना भएको पाइएको छैन र उक्त घटनालाई लिएर उनी पछुतो मान्छन् र आफ्नो गल्ती स्वीकार गर्छन्। तर, २०१४ मा जाँचबुझ गर्ने क्रममा थाहा भयो कि, उनको घरमा तीन वर्षको बच्चा छ। त्यसपछि उनलाई फेरी कानुनि दायरामा ल्याइयो, किनकी त्यो शर्त विपरित थियो ।

सुशीलले यसै वर्षको जनवरीमा इम्प्लोयर नोमिनेटेद भिसाको लागि आवेदन दिएका थिए । तर ती दुई घटनालाई आधार बनाएर गृह मन्त्रालय अन्तर्गतको विभागले उनको भिसा आवेदन अस्विकार गर्यो । त्यसपछि उनलाई फेब्रुअरीमा हिरासतमा लिएर उनलाई डिटेंशन सेंटर पठाइएको थियो ।

ट्राइब्यूनलले भने सुशीललाई हिरासतमा लिइनु दुर्भाग्यपूर्ण बताउंदै उनलाई अष्ट्रेलियामा बस्नको लागि फेरी अर्को मौका दिनुपर्ने बताएको छ । ट्राइब्यूनलका अनुसार, ती घटना पूराना घटना हुन्। अहिले सुशील सुध्रिसकेको अवस्थामा ती घटना बल्झेर भिसा आवेदन रद्द गरिदिनुपर्ने कुनै कारण छैन । सुशीलले अष्ट्रेलियामा पढेर र काम गरेर आफ्नो करियर बनाइसकेका छन् ।

साथै ट्राइब्युनलले सुशीलकी श्रीमती गर्भवती भएकी हुँदा, उनको बच्चा पनि अष्ट्रेलियामै जन्मनु राम्रो हुने बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments