काठमाडाै । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अव बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताउनु भएको छ ।

अध्यक्ष दाहालले पार्टी एकतालाई टुंगोमा पुर्‍याउने विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि स्पष्ट पार्नु भयो । सोमबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टी एकतालाई टुंगोमा पुर्‍याउन केही दिन भित्र संयोजन समिति बैठक बस्ने जानकारी पनि दिनु भयो । केही दिन भित्रै बस्ने संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याउने धारणा अध्यक्ष दाहालले बैठकमा राख्नु भएकाे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको पनि बताउनु भएको थियो ।

बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो । संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको प्रमुख सचेतक गुरुङले बताउनुभयो । बैठकमा सांसदहरुले पार्टीको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको गम्भिर ध्यानकर्षण गराएका थिए । बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

भोलि विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने कार्यसूचि तय गरिएको पनि पार्टीका प्रमुख सचेतक गुरुङले जानकारी दिनुयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments