काठमाडौं । हरेक जसो नेपाली ग्यास्ट्रिकबाट ग्रसित हुन्छन् । सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिक बढ्दै गएपछि जटिल अवस्थाहरु आउन थाल्छन् । विशेष गरि खानपानको शैलीले ग्यास्ट्रिक रोगलाई निम्त्याउँछ।

यस्ता छन् ग्यास्ट्रिकबाट छुटकारा पाउने उपाय

भारतको जयपुर स्थित नेशनल इन्स्टिच्युट अफ आयुर्वेदमा कार्यरत डा. सी आर यादवले ग्यास्ट्रिकबाट बच्ने उपाय यसरि बताएका छन् :

पेटमा राम्रा र नराम्रा ब्याक्टेरिया बीच सन्तुलन बिग्रिंदा ग्यास बढ्छ । लसुन, प्याजले पेटमा ब्याक्टेरियाको सन्तुलन बिगार्छ, त्यसैले यी कुराहरु नखानुहोस् ।

उमेर बढ्दै जाँदा पाचनशक्ति कमजोर हुँदै जान्छ । त्यसैले दुध र दही बाहेक पेटले दुधबाट बनेका अन्य परिकारहरु पचाउन छोड्दै जान्छ । त्यसैले ४५ वर्ष उमेर माथिका व्यक्तिले दही बाहेक दुधका अन्य परिकार नखानुहोस् ।

दिनभरिमा १० गिलास भन्दा बढी पानी पिउनुहोस् ।

झोल परिकार र फाइबर बढी भएका खानेकुराहरु खानुहोस् । सुक्खा र तारेका खानेकुरा नखानुहोस् ।
खाना छिटो-छिटो खाँदा, खाना राम्ररि पच्न पाउँदैन । त्यसैले खाना खाँदा विस्तारै चपाएर खानुहोस् ।

एन्टिबायोटिक औषधि खाएपछि त्यसले पेटका ब्याक्टेरिया मार्छ र ग्यास्ट्रिक हुन्छ । त्यसैले एन्टिबायोटिक खानुपर्ने भयो भने, ग्यास्ट्रिक नबढ्ने औषधि पनि खानुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments