क्यानबेरा । विदेशमा रहेर पनि नेपालीहरुले आफ्नो सेवा भावलाई जिवन्त राखेका छन् । यसको उदाहरण हो, नेपालीहरुद्वारा अष्ट्रेलियामा आयोजना हुने विभिन्न समाजसेवी कार्यक्रम।

यही मे महिनामा क्यानबेरामा यस्तै एउटा अर्को कार्यक्रमको आयोजना गरिएको छ । जनसम्पर्क समिती क्यानबेरा/ क्विनबेनले ‘रक्तदान – जीवनदान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

मे १७ बाट सुरु हुने कार्यक्रम एक महिना सम्म चल्नेछ। रक्तदान कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पहिलो, दोस्रो र तेस्रो समूह भनेर छुट्टाइएको छ । पहिलो समूह अन्तर्गतका दाताहरुले बिहान ८: १५ बजेदेखि रक्तदान गर्नेछन्। त्यस्तै, बिहान १० : ३० बजे देखि दोस्रो समूहका दाता र दिउँसो १:१५ बजे देखि तेस्रो समूहका दाताहरुले रक्तदान गर्नेछन् । प्रत्येक समूह ५ दिनको लागि हुने बताइएको छ ।

कार्यक्रममा सहभागी भएर रक्तदान गर्न ईच्छुक दाताले ईमेल या उपलब्ध गराइएका फोन नम्बरमा सम्पर्क गरेर नाम टिपाउन सकिन्छ ।

सम्पर्कको लागि :
[email protected]
0450030027 अशोक सुवेदी
+61425432459 भिम न्यौपाने
+61415586659 गणेश खरेल

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments