काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) काे अध्यक्षमा कर्माछिरिङ सेर्पा भारी मतानतरले विजयी भएका छन् । ललितपुरकाे सानेपामा सनिबार सम्पन्न  निर्वाचनमा सेर्पा ६३ मत लयाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी मणी कुँवरले जम्मा १२ मत प्राप्त गरेका छन् ।  पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष मणि कुँवरको प्यानलले प्रतिस्पर्धामा उत्रिएका थिए ।

चार उपाध्यक्ष सहित सबै सदस्यमा कर्माछिरिङकाे प्यानल नै विजयी भएकाे छ । सेर्पाकाे प्यानलबाट उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ, उपेन्द्र मान सिंह, कृष्णबहादुर थापा र बीर बहादुर खड्का बिजयी भएका हुन् । ११ जना सदस्यका लागि २९ जना उम्मेद्वार थिए । एकजना महिला सदस्यमा पेम्बा लामा यसअघि नै निर्विरोध भएकी थिइन् । सदस्यतर्फ दावा लामाले सर्वाधिक  ५६ मत ल्याएका छन् ।

कसकाे मत कति 

अध्यक्ष ः कर्माछिरिङ सेर्पा ६३

उपाध्यक्ष

पंकज बिक्रम नेम्वाङ ६१
उपेन्द्र मान सिंह ५८
कृष्णबहादुर थापा ५२
बीर बहादुर खड्का ३९

सदस्यहरू

दावा लामा
निरोज खड्की ५२
पूर्णमान चित्रकार ५५
रबिन्द्रनाथ श्रेष्ठ ४२
मधुसूदन उपाध्याय ४८
प्रदेशसिंह राठोर ४८
दिनेश ब्यन्जनकार ५५
दीर्घ बहादुर केसी ५५
किरण राइ ५०
बिजय घले ५३
रत्न कुमार श्रेष्ठ ४८

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments