काठमाडौं। भारतको उत्तरपूर्वी एक सहरमा फेसबुक मार्फत चिनजान भएको एक युवकलाई युवतीले विश्वास गरिन्। युवकले प्रेमको नाटक रच्यो। फेसबुकमा केही समयदेखि सम्बन्ध प्रगाढ हुँदै गएपछि युवकले भेट्ने इच्छा प्रकट गर्यो र युवतीले सहर्ष स्विकारीन् ।

प्रेमीलाई भेट्न सपना बोकेर गएकी युवतीको उनको कथित प्रेमीले विपना पनि चकनाचुर पारिदियो। युवकले आफ्ना दुई साथीहरुसमेत बोलाएर युवतीको बलात्कार गर्यो।

घटना बाहिर आएपछि स्थानीय आक्रोशित बने। उनीहरु एकजुट भए र दुई युवकहरुलाई पक्रन सफल भए। ती युवकहरुलाई उनीहरुले नाङ्गै बनाए र पिट्दै बजार परिक्रमा गराए। त्यसपछि मात्र उनीहरुले ती बलात्कारीलाई प्रहरीको जिम्मा लगाए।

Comments