धनगढी । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी साधन ग्यारेजमा थन्काएर यातायात ठप्प पारेपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रदेश नं ७ मा सुदूरपश्चिम बस व्यवसायी समिति र कर्णाली रिभर यातायात अन्तरगतका दैनिक सयौंको संख्यामा लामो तथा छोटो दुरीका बसहरु सञ्चालनमा रहेका छन् । तर बस व्यवसायीहरुले यातायात ठप्प पारेपछि यात्रुहरु अलपत्र परेका हुन् ।

अलपत्र यात्रुहरुबाट केही यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गरिरेहेको समेत पाइएको छ । धनगढीदेखि चिसापनीसम्मको भाडा प्रति व्यक्ति एक हजार समेत लिएको पीडितहरुले गुनासो गरेका छन् । धनगढीदेखि चिसापानीसम्मको दुरी ८६।४ किलोमिटर रहेको छ ।

सप्तरी जिल्लास्थित ईट्टा उद्योगमा काम गर्ने ५० भन्दा वढी भारतीय नागरिकहरुलाई घर फर्किने क्रममा विहीवार राति चिसापानीमा छोडिएको थियो । अलपत्र परेकामध्ये राजेश कुमारले भने–‘पूर्वबाट फर्किने बसले हामीलाई विहीवार राति चिसापानी पुर्‍यायो । तर उक्त बसलाई बन्दकर्ताले धनगढीसम्म आउन नदिएपछि हामीले ५० हजार तिरेर एउटा गाडी बुक गर्‍यो तर सम्बन्धित स्थानमा नपुर्‍याई धनगढी बसपार्कमा छोडिदियो ।’

आज ९शुक्रबार० दिनभरी उनीहरु धनगढीस्थित बसपार्कमा अलपत्र परेका छन् । अलपत्र परेका मध्ये केही बालबालिकाहरु रहेका छन् । अलपत्र हुँदा तिनीहरुले सास्ती खेप्नु परेको छ । उनीहरुले भारतको उत्तर प्रदेशको खिरी जिल्लास्थित गोलागोरखनाथका स्थानीय हुन् ।

तर सिन्डीकेटको माग गर्दै यातायात ठप्प पार्नेहरु विरुद्ध प्रहरीले कारवाही गर्न सकेको छैन । यात्रुहरु अलपत्र रहेको अवस्थामा पनि प्रहरीले ठोस कदम चाल्न नसकेको हो । तर प्रहरीले बस व्यवसायी समितिको पदाधिकारीहरुको खोजीकार्य भैरहेको दाबी गरेको छ ।

कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले पूर्वघोषित कार्यक्रम भन्दै यातायात ठप्प पर्नेहरुको खोजीकार्य भैरहेको बताए । तर अझै कोहि पनि पक्राउ नपरेको उनको भनाइ छ ।

यातायात व्यवसायी महासंघ प्रदेश नम्बर ७ संयुक्त आन्दोलन मुल समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक सवारीका साधनहरु घर ग्यारेजमा थन्काउँने लगायत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

बन्दकर्ताहरु हाल सम्पर्क विहिन रहेका छन् । उनीहरु मोबाइल अफ गरी बसेका छन् ।

Comments

comments