काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणपछि बन्ने नेपाल कम्युनिष्ट पार्टीभित्र छुट्टाछुट्टै पार्टी खोज्न नहुने बताउनु भएको छ ।

अध्यक्ष दाहालले कार्लमाक्स द्वीशतवार्षिकीको अवसरमा शुक्रबार आयोजित कार्लमाक्स सम्मेलन उद्घाटन गर्दै एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा अन्तिम बिन्दुमा पुगिसकेको जानकारी गराउनु भयो ।

‘एकतासँगै हामीले एमाले विघटनकाे तयारी गरेका छौ, माओवादी केन्द्र बिघटनको तयारी गरेका छौ’ उहाँले भन्नुभयो, ‘एकता भइसकेपछि त्यहाँभित्र फेरि एमाले र माओवादी खोज्ने होइन । एकतापछि छुट्टै नयाँ पार्टी बन्छ ।एकता घोषण अन्तिम बिन्दुमा पुगिसकेको छ । अब केही दिनमा एकता घोषणाको मिति तय हुन्छ । ’

अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रको एकीकरण घोषणपछि त्यसमा अरु कम्युनिष्ट पार्टीलाई पनि समेटिदैं जाने बताउनु भयो ।
‘कम्युनिष्ट पार्टी एकता मुलुकको अहिलेको आवश्यकता हो, त्यो कुरा बुझेरै एमाले र माओवादी केन्द्रले एकताको निर्णय गरेको हो’ उहाँले भन्नुभयो, ‘एकता घोषणपछि यसमा हामीले अरुलाई पनि समेट्दै जान्छौ । मुलुकका अब एकाध बाहेक छुट्टै कम्युनिष्ट पार्टी रहन्न । १, २ लाई संझाउन सकिएको छैन, बाँकी सबै एक हुने स्थिति बनिसकेको छ ।

अध्यक्ष दाहालले मुलुकलाई असफल विभिन्न खेल भइरहेको उल्लेख गर्नुभयो । ‘नेपाल ७० वर्ष अराजकताको भुमरीमा पर्यो, अहिले पनि त्यस्तो खेल नभएको होइन’ उहाँले भन्नुभयो, ‘नेपाल अब असफल हुँदैन, समृद्ध बन्छ र शक्तिशाली राष्ट्र बन्द्ध । अझ शक्तिशाली भएर संसारलाई नयाँ सन्देश दिए जानेछ । २६६२ वर्षअघि पनि यही देशले विश्वमा नयाँ सन्देश दिएको थियो । अब फेरि त्यस्तै नयाँ सन्देश दिनको लागि हामीले कम्युनिष्ट एकतामा जोड दिएका हौ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments