एकीकृत माओवादी लगायतका प्रतिपक्षी दलहरुका कारण विगत लामो समयदेखि अवरुद्ध बन्दै आएको व्यवस्थापिका संसदको बैठक भोलि शुक्रवारदेखि चल्ने सम्भावना बढेको छ ।

लामो समयदेखि विवादस्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्न दलहरुबीच सहमति भएपछि संसद पनि चल्न दिन विपक्षी दलहरु राजी भएका हुन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समितिको संयोजक बनाउन सत्तासीन कांग्रेस–एमाले हिजो राजी भएपछि विवाद टुंगिएको हो । समितिको म्याद ६ महिनामात्र राख्न र त्यसको कार्यक्षेत्र शान्ति प्रक्रियाको बाँकी कार्यभार सम्पन्न गर्न सहयोग गर्नेगरी तोक्न एकीकृत माओवादी पनि राजी भए पछि दलहरुबीच सहमति बनेको हो ।

समितिमा तीन दल मात्र रहने वा अन्यलाई पनि समेट्ने भन्ने विषय भने टुंगो लाग्न भने बाँकी छ । यसबारे आज विहिवार निर्णय हुने बताइएको छ ।

Comments

comments