जर्मनीको उत्तरी क्षेत्रमा पर्ने टापुमा  बसोबास गर्ने झन्डै १७०० वासिन्दा रहेको क्षेत्रमा पार्सल ओसार्न डिएचएलले  ड्रोनको उपयोग गर्न पाउने अनुमति पाएको छ | हालसम्म कुनै नामकरण नगरिएको यस किसिमको सानो एयरक्राफ्टलाई पहिलो पटक  डिएचएलले “पार्सलकप्टर” को नाम बाट  युरोपमा प्रयोग गर्ने अनुमति पाएको हो |  डिएचएलले जर्मन आइल्याण्ड अफ जुइस्टमा “पार्सलकप्टर”को उडान अनुमति पाएको हो |

“पार्सलकप्टर”को तौल ५ किलो ग्रामको हुन्छ | ६५ किलोमिटर प्रति घण्टा को गतिमा उड्न सक्ने “पार्सलकप्टर” ले १.२ किलो ग्राम  थप तौल बोक्न सक्ने क्षमता राख्दछ |  उत्पादक कम्पनि डिउत्शे पोस्टले  १५ देखि ३० मिनेटको समयमा कार फ्री जर्मन आइल्याण्ड अफ जुइस्टमा  “पार्सलकप्टर” को माध्यमले हलुका पार्सल लैजान सकिने बताएको छ |  डिउत्शे पोस्टले  “पार्सलकप्टर” को उपयोग  सवारी साधन जान तत्काल सम्भावना नभएका ठाउमा आपतकालीन औषधि ओसार्न र  अन्य जरुरी समान लैजान सहयोगी बन्ने दावी गरेको छ |

A flock of pigeons flies with a prototype "parcelcopter" of German postal and logistics group Deutsche Post DHL in Bonn

यस अघि गत बर्ष एमेजोन र गुगलले ड्रोनको परिक्षण गरि सकेका छन् | तर अन्य एयरक्राफ्टको ट्राफिक अत्याधिक हुने क्षेत्रमा सानो आकारको ड्रोन उडानले दुर्घटनाको सम्भावना बढी भएको भन्दै यसको औपचारिक उडान अनिमति दिइएको छैन | रिमोट कन्ट्रोलबाट संचालन हुने ड्रोनले अरु एअरक्राफ्ट र मानिसहरुमा गई ठोक्किने सम्भावना न्यूनीकारण गर्न सके यसको उपयोगिता बढाउन सकिने विज्ञहरुले सुझाएका छन् | यद्यपि पछिल्लो पटक जर्मनीमा उडान अनुमति पाएको “पार्सलकप्टर” ले पार्सल ओसारपसार गर्दा व्यक्तिगत गोप्यता भंग हुन सक्ने भन्दै आलोचकहरुले प्रश्न उठाएका छन् | जर्मन यातायात मन्त्रालय र एअर ट्राफिक नियन्त्रण केन्द्रले भने “पार्सलकप्टर” लाई उडान निषेधित क्षेत्रमा समेत उडान अनुमति दिएको छ |

A prototype "parcelcopter" of German postal and logistics group Deutsche Post DHL flies in Bonn

डिएचएलका प्रबक्ताका अनुसार  “पार्सलकप्टर” कुनैपनि घरको नजिक बाट उडाइने छैन | डिएचएलले “पार्सलकप्टर”को परिक्षण उडान शुक्रबार देखि नै गरेको छ | परिक्षण उडान अक्टोबर महिना सम्म जारी रहने बताइएको छ |   एजेन्सी  ( Image Source : Reuters: Wolfgang Rattay, file photo ) 

Comments