काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमले स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहिबार नेपाल पत्रकार महासंघले राजधानीमा गरेको कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश जोशीले यस्तो बताउनुभएको हो । प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायलय र संचार क्षेत्रबीच पनि फरक तर अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले न्यायलयका समाचार सम्प्रेषणमा थप संवेदनशिल हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनआस्थामा टिकेको आवाजविहिनको संस्था न्यायपालिकाका कार्यहरु संचारजगतबाट सर्वसाधरण समक्ष पुग्ने भएपनि अदालतमा विचाराधिन रहेका मुद्धाका विषयलाई लिएर समाचार विश्लेषणको नाममा पक्षपातपुर्ण व्याख्या गरिनु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरित हुने उहाँको तर्क थियो । उहाँले भन्नुभयो “अदालतले न्यायको घोषणा संविधान र कानुन कै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भुमि सुधार अड्डा होइन । ”

सञ्चारजगत प्रतिको विश्वास र निर्भरता चुलिदै गर्दा संचारमाध्यमलाई विश्वसनियता हासिल गर्न चुनौति पनि थपिदै गएको तर्फ उहाँले सचेत गराउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments