दाङ । सार्वजनिक यातायातमा भइरहेको विभिन्न समितिको रूट एकाधिकार(सिण्डिकेट) तोड्ने सरकारको निर्णय  विरूद्द जिल्लाका व्यवसायी  अान्दाेलित भएका छन् ।

सरकारले असारदेखि समिति नवीकरण नगर्ने निर्णय गरेको छ । व्यवसायीले सरकारको निर्णय विरुद्ध विहीबारदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् । बिहान खोलिएका दिवा काउण्टर समेत बन्द गरिएको छ ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका इञ्चार्ज मोहन पुरीले निर्णय फिर्ता नभएसम्म गाडी बन्द गरिने बताउनु भयो । ‘सरकारले निर्णय फिर्ता नगरेसम्म यातायात चलाउँदैनौ’ उहाँले भन्नुभयो, हाम्रा बसहरू अब ग्यारेजमा थन्किन्छन् ।’

ढुवानी व्यवसायीले पनि बुधबारदेखि नै टोकन बन्द गरेका छन् ।  संयुक्त ट्रक यातायाता व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले आन्दोलनका कार्यक्रम अनुसार टोकन बन्द गरिएको बताउनु भयो ।  जिल्लामा ढुवानी र यात्रुवाहक गरी करिब एक हजार सवारी साधन छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments