चितवन । कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् ।

घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिनुभयो । उनीहरुको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका तीनै जना रत्ननगर प्रहरी हिरासतमा छन् ।

अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको ३ हजार ९४ बोट केरा फार्ममै पसेर नष्ट गरेको थियो । केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले १५ लाख ४७ हजार रुपैयाँको केरा नष्ट भएको जानकारी दिनु भएको छ ।

केरा किसान नवराज धितालको १ सय ५० बोट, शोभा भट्टको ६ सय बोट, झलक सुवेदीको ३ सय, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २ सय ५० र ध्रुव आचार्यको ३५ बोट केराको बोट काटिएको छ । कोपिला दाहालको एक हजार २ सय , गोपी लामिछानेको २ सय , गोविन्द दाहालको ५०, लिला पंगेनीको १ सय ५० पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट नष्ट भएको संघले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments