एजेन्सी । एक भारतीय महिला श्रीमानको पासपोर्टले म्यानचेस्टरबाट दिल्ली पुगेकी छिन् । बेलायतमा बस्ने ५५ वर्षिया गीता मोढालाई म्यानचेस्टरबाट दिल्ली जानुपर्ने थियो । उनले हतारमा श्रीमानको पासपोर्ट लिएर हिडिछन् , जुन कुरा उनलाई एयरपोर्टमा पुगेपछि थाहा भयो ।

एयरपोर्टमा उनी सजिलै बोर्ड पास भइन् र जहाजमा बसीन् । उनको ट्रान्जिट दुबईमा थियो । इमिरेट्स एयरलाइन्सको टिकट लिएकी उनको त्यहाँ ओभरसिज सिटिजनसिप चेक गरियो र पासपोर्ट राम्रोसंग हेरिएन ।

यसरी उनी सजिलैसंग दिल्ली ओर्लीन् । तर दिल्ली एयरपोर्टमा फाराम भर्ने क्रममा कर्मचारीहरुले गीताले आफ्नो पासपोर्ट नबोकेको कुरा चाल पाए र उनलाई दुबई फ़र्काइयो। पछि उनका छोराले अधिकारिहरु मार्फत पासपोर्ट दुबई पठाईदिएका थिए ।

गीता मोढाले आफ्नो गल्ती दिल्ली नपुगुन्जेल कसैले पत्ता नलगाएको र अरु व्यक्ति पनि यसरि सजिलै जान सक्ने सम्भावना रहेको बताएपछि एयरलाइन्सले माफी माग्दै अब देखि ती कुराहरुमा संवेदनशिल हुने बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments