काठमाडौं । पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आज आन्तरिक छलफल गर्दैछ ।

पार्टी एकतालगायत समसामयिक विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि बैठक बस्ने एमालेले जनाएको छ । बैठक बेलुकी साढे ६ बजे बस्ने कार्यक्रम छ ।

यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि छलफल नै हुन सकेको छैन ।

Comments