भारत । कोलकाताको मोनो रेलमा एक जोडी एकआपसमा अंगालो मारेको देख्दा समस्या भएको छ । कोलकाताको दमदम मेट्रो स्टेशनमा अंगालो मारेका ती जोडीलाई निर्घात कुटपिट भएको छ ।

बांग्ला न्यूज पेपर आनंद बाजार पत्रिकाले यो घटनालाई सार्वजनिक गरेकाे छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार केही समय अगाडी ती जोडीको रेलमा सवार एक यात्रुसँग झगडा भएको थियो ।

केही समयपछि ती जोडीहरुको त्रियाकलापमा केही मानिस रिसाएका थिए । चुम्वा दिँदै गरेका जोडीलाई यस्तो नर्गन यात्रुले आग्रह गरिरहेका थिए । चलिरहेको मेट्रोबाट उत्रिन समेत भनिएको थियो, हैन भने पिट्ने बताइएको थियो । जब रेल दमदम स्टेशन पुग्यो ती जोडीलाई केही व्याक्तिले बाहिर ताने र खुट्टाले हिर्काउन थाले ।

ती केटी प्रेमीलाई कुट्न लाग्दा बचाउ–बचाउ भन्दै थिइन् तर त्यहाँ कसैले सुनेनन् । ती केटीमाथि पनि कुटाई शुरु भयो र उनलाई चोट लाग्यो ।
कसैले कुरा नसुन्दा घटनाले उग्ररुप लिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments