काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता अन्तिम चरणमा पुगेको बताउनु भएको छ । मे दिवशकाे अवसरमा जनता प्रकाशनद्वारा मंगलबार आयोजित पुस्तक विमोचन कार्यतक्रममा अध्यक्ष दाहालले एमाले र माअाेवादी केन्द्रबीच नेतृत्व बाँडफाँडमा कुनै विवाद नभएको बताउनु भयो ।

‘एकता घोषणा नेतृत्व बाँडफाँडले ढिलाई भएको होइन’ उहाँले भन्नुभयो, ‘म छाती चौडा गरेर भन्न चाहन्छु । बाँडफाडमा कुनै विवाद छैन । एकता ढिलाई हुँदा केहीलाई विभिन्न शंका लाग्नु स्वभाविक नै हो । विगतमा पनि यस्तो हुन्थ्यो । संविधान निर्माण प्रकृया रहेको बेला संविधान बन्ला र ? भन्ने गरिएको थियो । त्यस्ता विभिन्न शंकाको बाबजुत हामीले निर्माण गर्यौ । संविधान जारी भएपछि फेरि कार्यान्वयन होला त भनेर शंका गरियो । स्थानीय तह , प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि त्यो शंका पनि मेटियो । अहिले फेरि एमाले र माओवादी केन्द्र एक होलान त ? एकता घोषणा होला र ? भन्ने शंका उत्पन्न हुन थालेको छ । म दोहोर्याउन चाहन्छु । एकता घोषणा अब छिट्टै हुन्छ । हामी घोषणा गर्ने प्रकृयामा छौ । घोषणाको तयारी छौ ।’

अध्यक्ष दाहालले वाम गठबन्धन सरकारले मुलुक समृद्ध पार्ने दाबी गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments