झापा । इलामकी ७७ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन्  । रोङ गाउँपालिका–१ कटहरेकी वृद्धा घरमा सुतिरहेका बेला सोमबार राति बलात्कृत भएकी हुन् ।

उनलाई एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि वृद्धाको जिब्रो चुँडाउने प्रयास गरेका थिए । वृद्धाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ ।

बाथको समस्याका कारण घरमा उक्लिन गाह्रो हुने भएकाले वृद्धा भन्साघरमै सुतेकी थिइन । वृद्धाका आफन्तले सोमबार बिहान १० बजे मात्र उनलाई अस्पताल पुर्याएका थिए ।

पीडकको पहिचाहन हुन सकेको छैन । प्रहरीले पीडकको खोजी भइरहेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments