मेलबर्न । अष्ट्रेलियामा ट्याक्स फाइल रजिस्टर गरेपछि मात्र वैध रुपमा काम गर्न सक्नुहुन्छ । करको नियम यहाँ अत्यन्तै कडा हुन्छ , यो अनिवार्य हो । तर केही उपाय अपनाएर तपाईंले करलाई केही कम भने गर्न सक्नुहुन्छ।

– आफूले सामानमा तिरेको करको रेकर्ड, कर छुट हुने सामानको रेकर्ड राख्नुहोस् । यसलाई सम्झिन झन्झट हुने वा बिर्सिने सम्भावना हुने हुँदा प्रमाण नै राख्नु उपयुक्त हुन्छ ।

– सामजिक सेवामा खर्च गर्ने मानिसको हकमा कर छुट हुने नियम छ । त्यसैले सामजिक कार्यमा काम गरेर सम्मान साथै करको छुट पाउन सक्नुहुन्छ।

– काममा जाँदा लाग्ने गाडीभाडा जस्तै कामसंग सम्बन्धित अरु खर्चहरुको विवरण राख्ने गर्नुहोस् । यसले कर तिर्नुपर्ने तपाईंको आम्दानीमा उक्त खर्चलाई घटाउने हुँदा कर छुट हुन्छ ।

– कर सम्बन्धि नियमको पूर्ण जानकारी राख्नुहोस् । यसको लागि ट्याक्स एजेन्टको सहयोग लिन सक्नुहुन्छ ।

– आफ्नो केहि सामान बेच्नुभन्दा अगाडी आफूले पहिले किनेको मूल्य, तिरेको कर , आफुले उक्त सामान प्रयोग गरेको समयावधि र अहिलेको त्यसको मूल्य सबैको विवरण राख्नुहोस् ।

– कहीं लगानी गर्नुभन्दा पहिले त्यहाँको कर नियम र त्यसले तपाईंलाई पार्न सक्ने प्रभावको बारेमा राम्रो संग जानकारी लिनुहोस् । तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments