प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच गएराति  भेटवार्ता भएको छ ।

राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा कोइराला सहभागी हुनुभएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निमार्णमा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिनुभएको बताइएको छ ।

Comments